May 31, 2017

यसरी भयो बाजुरामा सेनाको जहाज दुर्घटना..

जेठ १७, बाजुरा – गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो । कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी अनिता आले र स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते दुईजनालाई नेपालगन्ज उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगदीश भट्टले बताए । दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो ।

कोल्टीस्थित सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार गम्भीर घाइते सहचालक अनिता आले बोल्न नसक्ने अवस्थामा छिन् । सुबेदार पूर्णबहादुर खड्काको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । मृतक क्याप्टेन गुरुङसहित दुवै घाइतेलाई सीता एयरलाइन्सको डोर्नियर विमानले दिउँसो १ बजेर २३ मिनेटमा नेपालगन्ज ल्याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

यसरी भयो दुर्घटना
सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण ग¥यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए,’ थापाले भने ।

सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको उनले बताए । ‘अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो,’ थापाले भने । खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । उनका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेको स्थानीय अनिल शाहीले बताए । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

निलम्बनपछी पनि चोलेन्द्र शमशेरलाई नजरबन्दमा राख्नु गलत,शेखर कोइराला

९भदौ,बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले निलम्बन पछि

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य

अध्यक्ष ओलीको ध्यान मधेसतीर,आफ्नै सरकारको पालामा किनिएको रेलमा यात्रा

८ असोज,जनकपुरधाम । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान मधेस

सुरेश बहादुर श्रेष्ठको स्पष्टीकरण,आफुमाथिको आरोप निराधार र कपोलकल्पीत ।

८ असोज,भक्तपुर। भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका भाईस प्रेसिडेन्ट सुरेश बहादुर श्रेष्ठले आफुमाथी