यसरी पसेको थियो इरानमा अमेरिका

  • नारायण पौडेल

अमेरिकी आक्रमणबाट इराकको राजधानी बग्दादमा इरानी जर्नेल मारिएपछि दुई देशको सम्बन्धलाई लिएर विश्व तरंगित भएको छ । पछिल्लो चार दशकदेखि अमेरिका र इरानको सम्बन्ध कटु रहँदै आएको छ । पहिले यिनको सम्बन्ध सुमधुर मात्र थिएन, इरानलाई सैन्य शक्ति बनाउन अमेरिकी सीप र प्रविधिको प्रयोग भएकै हो । 
 
सन् १८५० को जुनमा दुई देशबीच कूटनीतिक सम्बन्ध जोडिएको हो । कूटनीतिक सम्बन्ध जोडिए पनि बीसौँ शताब्दीको मध्यसम्म इरानमा अमेरिका महŒवपूर्ण खेलाडी थिएन । अमेरिका इरानलाई ब्रिटेन(बेलायत)को नजरले हेर्ने गथ्र्यो । अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले इरानमा बेलायत र सोभियत युनियन (रुस) महŒवपूर्ण थिए । सन् १९२५ मा राजा बनेपछि रेजाले देशको अर्थ र शासनव्यवस्थालाई ठीक पार्न सुधारका धेरै प्रयास गरे । त्यसैस्वरूप अमेरिकी अर्थविद्हरूलाई नियुक्त गरे । अमेरिकी विदेश विभागको सल्लाहकार रहिसकेका आर्थर मिल्सपावलाई अर्थमन्त्रीको हैसियतसहित अर्थव्यवस्था सुधारको जिम्मा दिए । 

रेजाको एकपछि अर्को आक्रामक नीतिका कारण बेलायत र सोभियत युनियन सन्तुष्ट थिएनन् । फलस्वरूप इरानमाथि आक्रमण गरियो । इरानको सैन्य क्षमता लज्जास्पद ठहरियो । सेनाध्यक्ष, प्रधानमन्त्रीसमेतले विदेशीसँग साँठगाँठ गरेको राजाको ठहर थियो । आखिरमा रेजाको केही सिप लागेन । आफू निर्वासनमा जान र छोरा मोहम्मद रेजा पहल्बीलाई राज्य सुम्पिन तयार भए । यतिन्जेल पनि इरानमा अमेरिकाको भूमिका खासै देखिँदैनथ्यो । 

पुत्रको शासनकालमा अमेरिका

रेजा पहल्बी शाहका छोरा मोहम्मद रेजा सन् १९४१ मा राजा भए । सन् १९५२ मा इरानी संसदले महत्वाकाँक्षी मोहम्मद मोसादेघलाई प्रधानमन्त्री चयन ग¥यो । उनले इरानस्थित ब्रिटिश आयल कम्पनीलाई राष्ट्रियकरण गरे । भूमिसुधार ऐन ल्याए । मजदुरको पक्षमा नीतिगत निर्णय गरे । सामन्तवादी कृषि प्रणालीको साटो आधुनिक प्रणाली लागू गरे । श्रमिक मोसादेघको पक्षमा र जमिन्दार बिपक्षमा बन्ने स्थिति देखियो । मोसादेघको लोकप्रियता र महत्वाकांक्षाले राजा पहल्बीलाई समेत तर्साउन थालिसकेको थियो । राजा आफ्नो अधिकार कटौति गर्न तयार नभएपछि मोसादेघले राजीनामा दिए । तर, जनदबाबका कारण पुनः प्रधानमन्त्री बनाउन बाध्य भए । राजाले प्रयोग गर्दै आएका कतिपय अधिकारसमेत प्रधानमन्त्रीलाई दिइयो । 

मोसादेघसँग ब्रिटेन चरम असन्तुष्ट थियो । प्रधानमन्त्री विन्स्टन चर्चिल जुनसुकै हालतमा मोसादेघलाई अपदस्थ गर्न चाहन्थे । शुरुमा अमेरिका चर्चिलको प्रस्तावमा सहमत थिएन । तेल कम्पनी गुमाउन परेको झोंकमा इरान बर्बाद हुन नसक्ने भन्दै अमेरिकाले चर्चिललाई निराश बनाइदियो । 

प्रधानमन्त्री हटाउन सिआइए परिचालित

सन् १९५२ मा ड्वि डी आइजनआवर अमेरिकी राष्ट्रपति निर्वाचित भए । सोसँगै अमेरिकाको इरान नीतिमा परिवर्तन भयो । मोसादेघलाई पदच्युत गर्न अमेरिका राजीमात्र भएन, सोको अगुवाइ नै ग¥यो । उनलाई हटाउनका लागि एक मिलियन डलर जे जसरी खर्च गरेपनि हुने गरी सिआइएलाई दिइयो । न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले प्राप्त गरेका गोप्य दस्ताबेजअनुसार मोसादेघका विरुद्ध प्रचारयुद्ध, प्रदर्शन गर्ने रणनीति बन्यो । अमेरिकी राष्ट्रपति थियोडोर रुजभेल्टका नाति क्रेमिट जुनियर त्यतिबेला मध्य एशिया र अफ्रिकाका लागि सिआइएका प्रमुख थिए । उनैले मोसादेघलाई पदच्युत गराउने रणनीतिको नेतृत्व गरे । मोसादेघलाई कम्युनिष्टउन्मुख भएको तथा सोभियत संघप्रति बफादार रहेको आरोप लगाइयो ।

न्यूयोर्क टाइम्स र वासिङ्टन पोष्टमा प्रकाशित रिपोर्टअनुसार सिआइएले मोसादेघको पक्ष र विपक्ष दुबैलाई सहयोग गरेको थियो । उनलाई पदच्यूत गर्ने तर राजालाई पनि काबूमा राखिराख्ने दोहोरो नीतिअनुसार त्यसो गरिएको थियो । अमेरिका, ब्रिटेनको सक्रिय साथसहित राजाले मोसादेघलाई पदच्युत गरे । त्यसपछि अमेरिकाको रोजाइअनुसारका पात्र प्रधानमन्त्री बनाइए । पूर्वजनरल फाजोल्लाह जाहेदी प्रधानमन्त्री बने । पुग नपुग २ वर्ष सरकारको नेतृत्व गरेपनि उनको बर्हिगमन इरानी राजनीतिमा सदा बिश्लेषणको पाटो बनिरह्यो, यद्यपि राजाले इरानलाई समृद्धिको नयाँ उचाइमा पु¥याइदिएका थिए ।

इरानको समृद्धि, अमेरिकाको साथ

राजाले इरानको आधुनिकीकरणमा महत्वपूर्ण कदम चाले । उनकै शासनकालमा इरानी राजतन्त्रको २५०० औँ वर्षगाँठ मनाइयो । उनले इरानलाई विश्वशक्ति बनाउने अभिष्टसहित स्वेतक्रान्तिको घोषणा गरे । इरानले आर्थिक र सैन्यदृष्टिले अभूतपूर्व तथा चामत्कारिक फड्को मा¥यो । अमेरिकाले इरानसँग हातहतियारको व्यापारमात्र गरेन, न्युक्लियर हतियार उत्पादन गर्ने फ्याक्ट्री बनाइदियो, प्रविधि सिकाइदियो । 

अमेरिका, बेलायत र फ्रान्सको भन्दापनि उच्च आर्थिक बृद्धिदर इरानको थियो । पुँजी ४२३ गुणासम्मले बढ्यो । इरान सैन्य दृष्टिले विश्वको पाँचौँ शक्तिशाली देश बन्यो । महिलालाई पहिलेभन्दा धेरै अधिकार दिइयो । प्राविधिक क्षेत्रमा इरानले फड्को मा¥यो । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरियो । बिदेशिएका दक्ष जनशक्ति स्वदेश फर्किने क्रम चल्यो । इरान तेस्रो विश्वबाट एकाएक पहिलो विश्व बन्ने दिशामा अघि बढ्यो । 

क्रान्तिबारे सिआईए नै बेखबर 

राजाले क्रान्तिकारी कदम नचालेका होइनन् । इरानलाई उचाइमा नपु¥याएका पनि होइनन् । तर उनलाई मोसादेघको राजनीतिक भूतले पछ्याइरह्यो । उनीमाथि आफ्नो संस्कृति मासेको र पश्चिमाको पिछलग्गु बनेको बात लागिरह्यो । अर्कोतर्फ परिवार र निकटवर्तीहरूको फेरो नलगाई केही काम गर्नै नसकिने गरी राज्यसंयन्त्र खडा गरिएको थियो । कतिपयले यी र यस्तै कारण देखाएर राजाका बिरुद्ध आवाज उठाउन थाले । विद्रोहको भविश्यवाणी सुनिन थाल्यो । तर, तेहरानमा मजबुत उपस्थिति रहेको ठानिएको सिआइएले पत्यारै गरेन ।

‘सम्पन्नता र समृद्धिको बदलामा को विद्रोहमा उठ्ला ?’ सिआइए ढुक्क थियो । तर परिस्थिति अर्कै भइदियो । 

‘पश्चिमाको पिछलग्गु राजा चाहिँदैन, इस्लाम धर्म–संस्कृति मास्न पाइँदैन’ भन्ने आशयका नाराले सडक ताते । सन् १९७७ देखि शुरु भएको इस्लामिक क्रान्तिले १९७९ मा मूर्तरूप लियो । धर्मनिरपेक्ष इरान इस्लामिक इरान बन्यो । २५ सयदेखि विभिन्न बँशका राजाले राज्य गरेको देश गणतन्त्र बन्यो । राजा मोहम्मद रेजा पहल्बी निर्वासित भए । सर्वोच्व नेतासहितको शासनव्यवस्था संविधानमै लिपिबद्ध गरियो । तेहरानस्थित अमेरिकी दूतावास विद्रोही समर्थित युवा समूहले कब्जामा लियो । कूटनीतिक अधिकारी र कर्मचारीहरू बन्धक बनाइए । घटनाक्रम यसरी विकसित भयो कि आजसम्म इरान र अमेरिका सदाजसो युद्ध मनोविज्ञानमा रहँदै आएका छन् । तेहरानसँग कूटनीतिक सम्बन्ध टुटेको ४० वर्ष बितिसकेको छ । 

क्रान्तिपछिको इरानमा आक्रमण

क्रान्तिपछिको संक्रमणबाट इरान तँग्रिन खोजिरहेको थियो । सर्वोच्च नेता आयोतोल्लाह खोमेनीको उदय मध्यपूर्व र गल्फ देशका लागि पर्ख र हेरको अवस्थामा थियो । खोमेनीले आक्रामक विचार प्रवाह गरे । इस्लाम देश राजतन्त्रात्मक नहुने र धर्म निरपेक्षपनि नहुने उनको विचार थियो । राजतन्त्रसहितका साउदी अरब, कतारलगायतका इस्लामिक देशहरूपनि उनीप्रति रुष्ट हुँदै गए ।

इरान र इराकका बीचमा सीमा विवाद थियो । संक्रमणकालमा रहेको इरानलाई झुकाउन सकिने निश्कर्षमा सद्धाम हुसेन पुगे । उनले विवादित भूमि कब्जा गर्न हमला थाले । इरान प्रतिकारमा उभियो । अमेरिकालाई इरानसँग बदला लिनु थियो । हार्न नपाउने शर्तसहित अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले इराकलाई हरतरहको सहयोग गरेको बताइन्छ । आतंककारीलाई सहयोग गर्ने देशको सूचीबाट इराकको नामपनि हटाइयो । सन् १९८० को दशकभर इरान र इराकबीच युद्ध भइरह्यो । खुमेनीको प्रभाव बढेमा आफूहरूलाई पनि संकट आइलाग्ने निश्कर्षमा पुगेका साउदी अरबलगायतका देशले इराकलाई खर्बौँको सहयोग गरे । तर इराकको केही सिप लागेन, इरान डगेन । इरानलाई त्यतिबेला सिरियाले मात्र प्रत्यक्ष सहयोग गरेको बताइन्छ ।

होला त तेस्रो विश्वयुद्ध ?

इरानमाथि अमेरिकाले नाकाबन्दी लगाएको वर्षौँ भइसकेको छ । अमेरिकी नाकाबन्दीका कारण इरानले हैरानी नझेलेको पनि होइन । तर, इरानी अधिकारीहरू अमेरिकासँग झुक्न तयार छैनन् । इरानले आफ्नो प्रभाव विस्तारै बढाउँदै लगेको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असदलाई हटाउन विद्रोहीलाई साथ थियो । इरानले असदको पक्ष लियो । अमेरिकी आक्रमणका बाबजुद असद टिकिरहेकै छन् । इरानले लेबनान, इराक, प्यालेस्टाइनलगायतका देशमा विद्रोही दस्ता खडा गरेको वा त्यहाँ आक्रमणको तयारी गरेको अमेरिकी दाबी छ । यी सबैका लागि इरानका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए–इस्लामिक रिभोलुशनरी गार्ड कप्र्सका प्रमुख होसेन सुलेमानीले । उनै सोलेइमानीको अमेरिकाले हालै इराकको राजधानी बग्दादमा हत्या गरिदियो । 

इरानले आफ्ना जनरलको हत्याको बदला लिने चेतावनी दिएको छ । अमेरिकाले इरान बदलामा उत्रिए उसको अस्तित्व नै नामेट पारिदिनेसम्मको धम्की दिएको छ । विश्व अमेरिका तथा इरानको पक्षविपक्षमा खडा भएजस्तो देखिएको छ । योसँगै तेस्रो विश्वयुद्धको सम्भाव्यताबारे चर्चा हुन थालेको छ । 

अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, पहिलो र दोस्रो विश्वयुद्धको नमिठो अनुभव, सूचनाप्रविधिमा भएको अकल्पनीय प्रगति आदिका कारण तेस्रो विश्वयुद्ध कुनै नेता वा देश विशेषले चाहँदैमा हुने देखिँदैन । सिरिया, इराक, अफगानस्तानमाथि अमेरिकी आक्रमण हुँदा पनि तेस्रो विश्वयुद्धको चर्चा नभएको होइन । फरक यत्ति हो यी देशभन्दा इरान शक्तिशाली छ । तेस्रो विश्वयुद्ध नभएपनि अब इरान र अमेरिकाका बीचमा टकराव बढ्ने निश्चित छ ।

भुल्न नहुने पक्ष ः अमेरिकाको आन्तरिक राजनीति र राष्ट्रपति निर्वाचन पनि हो । ट्रम्पलाई तल्लो सदनले महाअभियोग लगाएको छ । सिनेटमा यसबारे छलफल हुनेवाला छ । राष्ट्रपति बिल क्लिन्टनमाथि महाअभियोग विचाराधीन रहेकै बखत उनले इराकमाथि बमबारी गरेका थिए । महाअभियोगबाट बहश अन्यत्र मोड्न आक्रमण गरेको विरोधीले आरोप लगाएका थिए । अहिले त्यसैको पुनरावृत्तिका रूपमा पनि सुलेमानीको हत्या र सम्भाव्य युद्धलाई हेरिएको छ ।

अर्कोतर्फ आगामी निर्वाचनमा आफ्नो प्रभाव बढाउन केही न केही गर्नै पर्ने दबाबमा राष्ट्रपति ट्रम्प छन् । बाहिरी पक्षसँग युद्ध जारी रहेको बखत आन्तरिक प्रतिष्पर्धा गौण हुने गरेको अमेरिकी इतिहास छ । देशभित्र उतिसारो लोकप्रिय नभएपनि इराक युद्धका कारण जर्ज बुश दोस्रो कार्यकालका लागि निर्वाचित भएको विश्लेषण गरिन्छ । युद्धका क्रममा नेतृत्वको निरन्तरता महत्वपूर्ण मानिन्छ । लरतरो विदेश नीति तथा देशभित्र पनि हस्तक्षेपकारी निर्णय गर्न नसकेको बात खेपिरहेका ओबामाको दोस्रो कार्यकाल अनिश्चयको घेरामा थियो । निर्वाचनको केही समय पहिले अमेरिकाको सर्वाधिक खोजी र चासोमा रहेका अलकायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकाले मा¥यो । लादेन हत्याका लागि ओबामाको नेतृत्वले जसै जस पायो । लरतरो ठानिएका ओबामा दोस्रो कार्यकालका लागि निर्वाचितमात्र भएनन्, एकाध स्मरणीय राष्ट्रपतिको रूपमा दर्ज भएका छन् । इतिहासका यी जोडघटाउको हिसाब नाफाघाटाका मामिलामा माहिर मानिएका ट्रम्पले नगर्लान् भन्न सकिन्न । तर, यत्तिमा मात्र चिज निर्भर हुने छैन ।

 

photo

NOC1-250x300