चैत ३, २०७३ काठमाडौं : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ। एउटा जहाजबाट सयौं लिटर तेल चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो। नेपाल वायुसेवा निगमको गत सोमबारदेखि थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने सात बजे पाँच टन (पाँच हजार लिटर) तेल चुहिन पुगेको थियो।
‘११ नम्बरको पार्किङ वेमा रहेको निगमको एअरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानी ट्यांकर, सुरक्षाकर्मी एम्बुलेन्स एकैचोटि परिचालन गरेर दुर्घटना टार्यौं’, विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कामात्र परेको भए जहाजदेखि वरिवरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।’ युरोपेली जहाज निर्माता कम्पनी एअरबसमा निर्मित एक सय ५८ सिट रहेको निगमको ‘ए ३२०–२०’ सिरिजको उक्त जहाज मंगललबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स जाने तालिका थियो। ‘९ एन–एके डब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउण्डेड’ थियो।
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको
१७ माघ, काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको
१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक