४ चैत, काठमाडौं । उतार चडावपूर्ण लयका कारण अष्ट्रेलियाको क्रिकेट टोलीमा नियमित स्थान बनाउन संघर्षरत ब्याट्सम्यान ग्लेन म्याक्सवेलले भारतबिरुद्धको तेस्रो टेष्टमा शतक प्रहार गरेका छन् ।
भारतको राँचीमा जारी तेस्रो टेष्टको दोस्रो दिन १८० बलमा उनले शतक प्रहार गरेका हुन् । ८२ रनको व्यक्तिगत स्कोरबाट दोस्रो दिनको खेल सुरु गरेका म्याक्सवेलले शतकीय कोशेढुंगा पार गर्दै १०४ रन बनाएर जडेजाको बलमा आउट भए ।
अगाडि बढेर शट खेल्न मन पराउने व्याट्सम्यानलाई टेष्ट क्रिकेटमा उत्कृष्ट मानिँदैन । त्यसैले सन् २०१३ मै भारतबिरुद्धको टेष्टबाट डेब्यु पाएपनि उनले अष्ट्रेलियाका लागि चार टेष्टमात्र खेलेका छन् ।
४ टेष्ट क्रिकेटमा एक शतक र एक अर्धशतक प्रहार गरेका उनले १६२ रन हानेका छन् ।
एकदिवशीय र ट्वान्टी ट्वान्टी क्रिकेटमा भने उनी निरन्तर अष्ट्रेलियाली टोलीबाट खेलिरहेका छन् ।
दोस्रो दिनको लञ्च ब्रेकसम्म अष्ट्रेलियाले ७ विकेट गुमाएर ४०१ रन जोडेको छ । म्याक्स्वेल आउट भएपछि आएका म्याथ्यु वेडले ३७ रन बनाएर आउट हुँदा प्याट क्युमिन्स डक आउट भएका थिए । कप्तान स्टिभ स्मिथ १५३ रन र स्टिफ ओफिक १ रन बनाएर खेलिरहेका छन् ।
असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका
काठमाडौं । एएफसी फुटसल एसियन कप सेन्ट्रल तथा साउथ जोनको छनोट प्रतियोगितामा नेपालले आज समूहको
काठमाडौँ, ३ पौष । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको
शुक्रबार, पौष ०२, काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई
काठमाडौँ, २०७८ पुष १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान
मंसिर १४, काठमाडौं: लियोनल मेसीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । फ्रेन्च