सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई, तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए ।
‘सोमबार रातिदेखि देशैभर मनसुन फैलिए पनि बुधबार दिउँसो भारी वर्षाको संभावना देखिन्न,’ पौडेलले मंगलबार भने, ‘सूदूरपश्चिमका पहाडी जिल्लामा बुधवार अपरान्हदेखि हल्का वर्षा हुने देखिन्छ, अझै दुई, तीन दिन मुसलधारे वर्षाको संभावना न्यून छ।’
आज (बुधबार) प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ।
सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ। २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो। यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन।
‘मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ।’
१८ माघ, पोखरा । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने,
१८ माघ, हेटौंडा । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा
८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार
७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो
१८ पुस,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।
२३ कार्तिक,दोलखा । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगा कार्की ‘विश्व’ चुनावी कोणसभा सम्बोधन