मोर्चाले साथ नदिँदा सरकार ढल्दैन

काठमाडौं, २० माघ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दैन । प्रधानमन्त्री निर्वाचनमा प्रचण्डले ३६३ मत ल्याएका थिए ।Prachanda_1
मोर्चासहितको गठबन्धनमा ४१ मत छ । ४१ मत फिर्ता हुँदा पनि ३२२ मत कायम रहनेछ । जबकि, सरकार बचाउन संसद्मा २९८ मत भए पुग्छ ।

सरकारले सबै पक्षलाई अधिकतम सन्तुष्ट नबनाई निर्वाचनको मिति घोषणा गर्दा मधेस तुलनात्मक रुपमा आक्रोशित हुनेछ । मोर्चाका केही माग सम्बोधन नगरी निर्वाचनमा जाँदा अन्य दललाई मधेसमा मत माग्नसमेत गाह्रो हुनेछ ।

त्यस्तो अवस्थामा मुठभेड हुन सक्ने अधिवक्ता तथा मधेस मामिलाका जानकार दीपेन्द्र झाको भनाई छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

photo

NOC1-250x300