चैत २८, काठमाडौं – मधेसी मोर्चाको विरोधबीच २ नम्बर प्रदेशका ४ वटा जिल्लामा मतदान केन्द्र निर्धारण गरिएका छन् । निर्वाचन आयोगका अनुसार २ नम्बर प्रदेशका धनुषा, सर्लाही, बारा र पर्सामा निर्वाचन क्षेत्र निर्धारण भएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
आयोगले सरकारलाई अल्टिमेटम दिएर २ नम्बर प्रदेशमा मतदान केन्द्र निर्धारण गरिदिन आग्रह गरेको थियो । तर सरकारका तर्फबाट खासै पहल नभएपछि चार वटा जिल्लामा अझै केन्द्र निर्धारण हुन सकेका छैनन्।
राजनीतिक सहमतिमा केन्द्र निर्धारण नभए २०७० सालको संविधानसभा निर्वाचनमा तोकिएका मतदान केन्द्रलाई नै कायम गरेर निर्वाचन गराउने चेतावनी आयोगले दिइसकेको छ।
यसैबीच ४४ वटा राजनीतिक दलले आफ्नो पार्टीबाट उम्मेदवार प्रमाणित गर्ने अधिकारीको नमुना हस्ताक्षर आयोगमा बुझाएका छन्। उम्मेदवार प्रमाणित गर्ने अधिकारी दलको केन्द्रिय स्तरको नेता हुनुपर्ने स्थानीय तह निर्वाचन ऐनमा व्यवस्था छ। आयोगले यस्तो व्यक्तिको हस्ताक्षर संकलनका लागि चैत ३० सम्मको समय तोकेको छ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता