मोरङको कटहरी गाविसमा गोली प्रहारबाट सासु–बुहारीको हत्या भएको छ। कटहरी– १ आदर्श टोल बस्ने अन्दाजी ४५ वर्षकी गीता निरौला र उनकी बुहारी २२ वर्षकी अस्मिता भट्टराईको शुक्रबार साँझ आफ्नै घरमा गोली प्रहारबाट हत्या भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
घटनास्थलमा क्षेत्रीय अनुसन्धान समूह : आरआईटी र जिल्ला प्रहरी कार्यालय मोरङको टोली परिचालन भई घटनाबारे थप अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने व्यक्तिको खोजी तीब्र भइरहेको प्रहरीले जानकारी दिएको छ। दिउँसो साढे चार बजेतिर प्रहरीलाई खबर भएको र प्रहरी पुग्दा घटनास्थलमा दुवै जना मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
निरौला इन्द्रचन्द्र डाँगाकी श्रीमती हुन् भने भट्टराई ईन्द्रचन्द्रको छोरा राम डाँगाकी श्रीमती हुन्। हत्याको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको ।
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१७ माघ,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बामा संचालित ४३ मेगावाटको अपर नेसमखोला हाईड्रोपावर लिमिटेड,सिन्धुज्वाला हाईड्रोपावरले प्रिफ्याब भवन
६ माघ,काठमाडौं । काठमाडौँको बबरमहलमा विहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७
३ माघ,काठमाडौ । नेत्र चिकित्सक डा.सन्दुक रूइतले १० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त
१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा