मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एकको मृत्यु

दाङमा मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर दाङको देउखुरीमा ठोक्किँदा लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको लमही प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत देउखुरीको अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी घाइते भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 

 

photo

NOC1-250x300