people Nepal » मेयर बन्ने शर्तमा माओवादी केन्द्रका अन्सारी एमालेमा प्रवेश मेयर बन्ने शर्तमा माओवादी केन्द्रका अन्सारी एमालेमा प्रवेश – people Nepal

मेयर बन्ने शर्तमा माओवादी केन्द्रका अन्सारी एमालेमा प्रवेश

Basaruddin-Ansai-UML-Birgunj-768x460

 

वीरगञ्ज, २९ जेठ । वीरगन्ज महानगरपालिकाको मेयर बन्ने शर्तमा दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका बसरुद्धिन अन्सारी नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक समेत रहेका अन्सारी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डलले स्वागत गरेका थिए । अन्सारीले माओवादी केन्द्रको तर्फबाट दोस्रो संविधानसभा निर्वाचनमा ४ हजार मत प्राप्त गरेका थिए ।एमालेले वीरगञ्जको मेयरमा सुन्दर कुर्मीलाई अघि सार्ने चर्चा चलिरहेको बेला अन्सारीलाई मेयर बनाउने बनाउने शर्तमा एमालेले भित्र्याएको हो । अन्सारीको प्रवेशसँगै वीरञ्जमा एमाले मजबुत बनेको नेताहरुले बताएका छन् ।वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा मुस्लिम मतदाताको बाहुल्य छ । ती मत अन्सारीले तान्न सक्ने आँकलनसहित एमालेले उनलाई अघि सारेको हो ।