July 10, 2017

मेयर उपमेयरको गुनासो

असार २६, काठमाडौं -स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुले आफुहरुलाई सरकारले स्वतन्त्र र स्वायत्त ढंगले काम गर्न नदिएको आरोप लगाएका छन् । 

संघीय संरचना अनुरुप सिंहदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहमा गएको भन्ने भनाई प्रचारवाजीमा मात्रै सिमिति भएको भन्दै उनीहरुले आफुहरुको अधिकारलाई सरकारले संकुचित गरेको आरोप लगाएका हुन् । नेपाल सरकार मन्त्रीपरिषद्बाट जारी गरिएको स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश तत्काल फिर्ता लिन पनि उनीहरुले चेतावनी दिएका छन् । व्यवस्थापिका संसद अन्र्तगतको सुसासन तथा अनुगमन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पञ्चायत कालको झल्को दिने गरि सरकारले अझै पनि स्थानीय निकायलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगले आदेश दिएको भन्दै सो आदेश तत्काल फिर्ता लिनुपर्ने बताए । 

स्थानीय तहको पहिलो चरणको निर्वाचन लगत्तै स्थानीय सरकारको रुपमा निर्वाचित भएका पदाधिकारीले सामाजिक सुरक्षा भत्ता, पदाधिकारीको सेवा सुविधा लगायतमा प्रतिष्पर्धात्मक निर्णय गर्न थालेपछि सरकारले वित्तिय व्यवस्थापनका लागि भन्दै आवश्यक ऐन नबन्दा सम्मका लागि स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको थियो ।

स्थानीय सरकारबीच अस्वस्थ प्रतिष्पर्धा चलेर कोषको दुरुपयोग हुनबाट जोगाउनका लागि सरकारले कार्यादेश जारी गरेको बताएपनि यसलाई निर्वाचित पदाधिकारीले आफुमाथि लागेको केन्द्रको अंकुश भन्दै आएका छन् । बैठकमा काठमाण्डौ महानगरपालिकाका उपमेयर उषा खड्गीले सिंहदरबारमा केन्द्रिकृत भएको अधिकार स्थानीय तहमा आएको महसुस गराउने गरी आफुहरु काम गर्न तयार हुंदा हुदै पनि आवश्यक ऐन कानुन नभएकाले अप्ठ्यारो भएको बताइन् । साथै स्थानीय तह संचालनका लागि आवश्यक ऐन नियम  र निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिईनुपर्ने तर्क गरिन् । 

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानिय शासन संचालन सम्बन्धमा आवश्यक ऐन नियम नआउदा, काम कर्तव्य, अधिकार लगायतमा अन्यौल छाउनुको साथै निर्वाचित पदाधिकारीले पाउने बैठक भत्ता तथा पारिश्रमिकमा पनि स्पष्ट नहुदा समस्या भएको बताए । 
समितिले नया संरचनामा स्थानीय सरकारको काम कारवाहीलाई पारदर्शी ,जनउत्तरदायी र भ्रष्टाचार मुक्त कसरी बनाउन सकिन्न भन्ने सन्र्दभमा केन्द्रीत भएर छलफल स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई छलफलमा बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको