मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्मा : बचाऔँ अभियान भनेर उठाईएको रकम कहाँ छ ?

साउन १ , काठमाडौं  – कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । 

फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाईएकी डोल्माको सजाय ब्लडमुनी बुझाएर आजीवन कारवासमा झारिएको थियो । 

दस बर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि रजधानी फर्किएकी हुन् । 

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाएपछि डोल्मा शेर्पा बचाउँ अभियान भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियाानमा ५० लाख रपैयाँभन्दा बढी सहयमोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । 
अहले त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौँ रुपैयाँको खोजबिन अझै हुन सकेको छैन ।

 

photo

NOC1-250x300