मुसाबाट सर्ने भाइरसबाट अफ्रिकी राष्ट्र सेसेल्समा नेपालीको मृत्यु

काठमाडौँ जेठ २८ : मुसाबाट सर्ने रोग लागेर पूर्वी अफ्रिकामा कार्यरत एक नेपालीले जेठ तेस्रो हप्ता ज्यान गुमाएका छन्।

कम्प्लिकेटेड लेप्टोपिरोसिस नामक रोग लागेर नवलपुरका सिमबहादुर गुरुङले २१ जेठमा ज्यान गुमाएका हुन्।

गैरआवासीय नेपाली संघ सेसेल्सका अध्यक्ष आरपी पन्तका अनुसार, स्वास्थ्यमा समस्या देखिएपछि भिक्टोरियास्थित एक अस्पताल लगिएको थियो।

उपचारकै क्रममा रहेका बेला ४८ वर्षीय गुरुङको २१ जेठमा निधन भएको र मुसाबाट सर्ने भाइरसका कारण उनको निधन भएको प्रतिवेदन अस्पतालले दिएको बताइएको छ।

‘अघिल्लो आइतबार (१९ जेठ) उहाँ ठीकै हुनुहुन्थ्यो’ अध्यक्ष पन्तले भने, ‘सोमबार (२० जेठ) देखि स्वास्थ्यमा समस्या देखिन थालेको रहेछ।’

सोमबारदेखि शारीरिक रुपमा सुस्तता आउन थालेपनि गुरुङले साथीभाईहरुलाई आफ्नो स्वास्थ्य त्यति धेरै खराव नरहेको जानकारी दिएका थिए।

‘अहिलेका लागि आरामका लागि अफिसबाट छुट्टी लिएको छु’ गुरुङले निकटस्थहरुलाई भनेका थिए, ‘त्यस्तो केही भयो भने फोन गरुँला।’

तर, सोमबार अचानक स्वास्थ्य अवस्था नराम्रोसँग बिग्रेपछि उनलाई स्थानीय भिक्टोरियास्थित एक सरकारी अस्पतालमा भर्ना गरिएको थियो।

‘अस्पताल पुर्याइँदा उहाँको स्वास्थ्यस्थिति एकदम बिग्रेको रहेछ’ पन्तले भने, ‘अस्पताल पुर्याइनासाथ आइसियुमा भर्ना गरिएको रहेछ।’

आइसियुमा भर्ना गरिएपनि उनी बच्न सकेन। सोमबार मंगलबार (२१ जेठ) उनको मृत्यु भएको घोषणा अस्पतालले गर्यो।

मृत्युपछि अस्पतालले पोष्ट मार्टम रिपोर्टमा कम्प्लिकेटेड लेप्टोपिरोसिस नामक मुसाबाट सर्ने भाइरसका कारण गुरुङको निधन हुन पुगेको जानकारी गराएको छ।

‘यस्तो भाइरसका कारण स्थानीयवासीहरुको पनि निधन भएको हुनसक्छ’ पन्तले भने, ‘तर, नेपालीहरुको हकमा यो भाइरसका कारण मृत्यु भएको घटना पहिलो हो।’

सेसेल्स पूर्वी अफ्रिकी क्षेत्रमा पर्ने एउटा टापु राष्ट्र हो, जहाँ रोजगारीको सिलसिलामा करिव १५ सय नेपालीहरु पुगेका छन्। र, यो घटनाले उनीहरुमा त्रास निम्त्याएको छ।

‘डिजाइन एण्ड बिल्ड’ नामक इजिप्टेली कम्पनीमा कार्यरत गुरुङका परिवारलाई कम्पनीले राहत उपलब्ध गराउने भएपछि गत शुक्रबार उनको सेसेल्समा नै अन्येष्टी गरिएको छ।

ठूलो रकम खर्चेर शब नेपाल पठाउनु भन्दा त्यो रकम परिवारलाई राहतका रुपमा दिन उनी कार्यरत कम्पनी सहमत भएपछि स्व गुरुङको अन्त्येष्टी उतै गरिएको पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको