मुढाले किचेर युवकको मृत्यु

१८ भदौ,चरिकोट- बैतेश्वर गाउँपालिका–७ क्षेत्रपामा मुढाले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिरी नगरपालिका–७ का १७ वर्षीय मिङ्मा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मुढा बोक्ने क्रममा चिप्लेर लड्दा उनको मृत्यु भएको हो ।  मुढाले किचेर घाइते उनलाई उपचारका लागि मैनापोखरीस्थित हिमालय कियर अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । रासस

 

photo

NOC1-250x300