मुटुमा समस्या देखिएपछि राजन भट्टराई अस्पताल भर्ना

धानमन्त्र केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । उनको मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्दमा भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको मुटुको एउटा धमनी बन्द भएकाले शल्यक्रियामार्फत खोलिसकिएको र अहिले अवस्था सामान्य रहेको थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

उनका अनुसार शल्यक्रियापछि भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

photo

NOC1-250x300