माेर्चाकाे बन्दले तराइकाे जनजिवन प्रभावित : पूर्वमा अांशिक प्रभाव : मुख्य सहरहरूमा शुरक्षा ब्यवस्था कडा

इटहरी / अागामी बैशाख ३१ गते सरकारले स्थानीय निकायकाे निर्वाचन घाेषणा गरेपछि त्यस्काे बिराेध गर्दै अान्दाेलनमा हाेमिएकाे संयुक्त मधेसी मार्चाले अायाेजना गरेकाे बन्दका कारण तराइका थुप्रै जिल्लाहरू प्रभावित भएका छन । बन्दका कारण तराइका जिल्लाहरूमा ठुला यात्रुबाहक बस तथा सवारी साधनहरू ठपप बनेका छन भने ब्यापार ब्यवसाय र शैक्षिक संस्थाहरूपनि सञ्चालनमा अाउन सकेका छैनन ।

बन्दकै कारण सुनसरी र माेरङका केही शहरहरू ठप्प बनेका छन । माेरङकाे बिराटनगर देखी सुनसरीकाे दुहबी सम्म कुनै सवारी साधनहरू चल्न सकेका छैनन । साे क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूपनि ठप्प बनेका छन । सुनसरीकाे दुहबी , इनरूवामा ब्यापार ब्यवसायपनि बन्द रहेका छन । त्यसैगरी सप्तरी , सिरहा , उदयपुर लगायतका जिल्लाहरूमा समेत यातायातका साधनहरू चल्न सकेका छैनन ।

 

photo

NOC1-250x300