मानव जन्म र बिकाश- एक चर्चा – बिजय ज्ञवाली

ल्याटिन भाषामा मानिसलाई चेतनशिल प्राणी अर्थात (Homo sapiens) पनि भन्ने गरिन्छ। मानिस मनुष्य वर्गमा पर्ने एक मात्र स्तनधारी प्राणी हो । मानिसमा एक खास प्रकारको मस्तिष्क हुन्छ जसले गर्दा सवैखाले संवेदनाहरुको महसुस गरिराखेको हुन्छ।
मानव जातिको पुर्खा नै पहिलो पटक २ खुट्टाले हिँडेको बताईन्छ, तर यसमा आधुनिक मानिसको जस्तो दिमाग थिएन।

मानव उत्पत्तिको चर्चा गर्दा सवैभन्दा पहिला यो प्राणी दक्षिणअफ्रिकामा उत्पत्ति भएको मानिन्छ। अझ बिशेष गरेर मानव उत्पत्ती अफ्रिकी महादेश अन्तर्गत मिश्र भन्ने स्थानवाट मानब जीवनको पहिलो उत्पति भएको बिभिन्न खोजमूलक स्रोतहरुवाट थाहा पाउन सकिन्छ।

मानव विकासको वैज्ञानिक अध्ययनको सम्बन्ध मुख्य रूपमा होमो वर्गको विकास संग गाँसिएको हुन्छ, भने अन्य होमिनिड र होमोनिन्स प्रजातिको अध्ययन अस्ट्रालोपिथेकस संग सम्बन्धित हुन्छ । आधुनिक मानिस लाई होमो स्पाइन्स वर्गको रूपमा चिनिन्छ, जसको वर्तमान एक मात्र उपवर्ग होमो स्पाइन्स स्पाइन्सको नामले चिनिन्छ । यसको अर्को परिचित उपवर्ग होमो स्पाइन्स आइडल्टु अहिले विलुप्त भैइसकेको छ। कहिलेकहिं लगभग ३०,००० बर्ष पहिला नै विलुप्त भैसकेको “होमो नेन्दर्थालेन्सिस” लाई पनि यसको उपवर्गको रूपमा लिईएको पाईन्छ, तर होमो नेन्दर्थालेन्सिसको आनुवांशिक अध्यनले आधुनिक मानिस र नेन्दर्थालेन्सिसको डिएनए ५०,००० बर्ष पहिला नै छुट्टिई सकेको बताउँछ। हालको केही वंशाणुगत अध्ययनले आधुनिक मानिस कम से कम प्राचिन मानवका दुई प्रजातिहरू: नेन्दर्थालेन्सिस र डेनिसोभान्स संग मिल्दोजुल्दो रहेको बताईन्छ। यसको अलावा केही होमो रोडेसिएन्सिस प्रजातिको नमूनाहरूको खोजले यसलाई पनि उपप्रजातिको रूपमा ब्याख्या गरेको छ तर यस बर्गिकरणलाई ब्यापक रूपमा स्वीकार भने गर्न सकिएको छैन।

मानव विस्तार र संघर्ष

प्रारम्भिक मानव बस्तीहरू पानीको निकटता र जीवन शैली तथा जीवन निर्वाहको लागि प्रयोग हुने अन्य प्राकृतीक श्रोतहरू जस्तै: शिकारको लागि शिकार योग्य जनावर, उब्जाउको लागि खेतीयोग्य तथा घरपालुवा जनावरको लगि चरणयोग्य जमीन आदिको उपलब्धतामा निर्भर हुने गर्दथे। समयक्रमसंगै सन् १६०० बाट आधुनिक युगको शुरुवात भएको पाईन्छ भने सन् १८०० सम्ममा यसले पूर्णता पाएको मान्न सकिन्छ । खासगरी मध्य युगमा मानिसमा धार्मिक प्रवृति , धार्मिक झुकाव र धर्मको बोलवाला अत्यधिक रहेको पश्चमेली दर्शनको इतिहासबाट स्पस्ट हुन्छ । सामान्य मानिसको जीवनयापन समेत चर्चको अत्यधिक प्रभाव परको थियो । यतिसम्म कि मानिसले के सोच्ने र के नासोच्ने सम्मको निर्णय चर्च ले गर्दथ्यो । यसप्रकार धार्मिक हस्तक्षेप बौद्धिक सुमुदायबाट सहन भएन त्यसको परिणामस्वरुप क्रान्तिको विजारोपण भयो। युरोपमा व्याकप रुपमा विकसित भएको नयाँ बौद्धिक आन्दोलन त्यसैको उपज थियो- आधुनिक युग। यो युगको आन्दोलन वास्तबमा धार्मिक परम्परामुखी चिन्तनको विरुद्धको आन्दोलन थियो। निश्चित ज्ञान र पुर्वाग्रहबिहिन विचारक लागि यस किसिमको उत्साहजनक आन्दोलन भएको थियो। यस अभियानमा मार्टिन लुथर को योगदान अति प्रशंसनिय मानिन्छ । यसप्रकार पुनरुत्थान समय (Renaissance Period) बाट उत्पन्न विद्रोह आधुनिकवादको सुरुवात थियो।

समाज र संस्कृति

संस्कृतिको अर्थ हुन्छ- उत्तम या सुधारयुक्त शैली। मानिश स्वभावतः प्रगतिशील प्राणी हो। विवेकका प्रयोगवाट यसले प्राकृतिक परिस्थितिलाई निरन्तर सुधारता र उन्नत गर्दै रहन्छ। यस्ता विकशित ढांचा जस्तै- रीतिरिवाज, रहन-सहन,आचारविचार,नवीन अनुसन्धान र आविष्कारहरुले गर्दा नै मनुष्य पशु र जंगलीको दर्जाबाट माथि उठेको हो। सभ्यता (Civilization)बाट मनुष्यका भौतिक क्षेत्रको प्रगति सूचित हुन्छ जबकि संस्कृति (Culture)बाट मानसिक क्षेत्रको प्रगति सूचित हुन्छ।
प्रारम्भमा मान्छे प्राकृतिक रुपमै जंगलहरूमा रहन्थ्यो। बिस्तारै उसले प्राकृतिक विपदाहरूबाट आफ्नो रक्षाको लागि पहिले गुफाहरू र फेरि क्रमशः काठ र ढुंगाहरुको साहारा लिन थाल्यो। पछि बिस्तारै त्यसवाट पनि माथी उठ्दै फलाम र सीमेन्ट जस्ता पदार्थहरुको पहिचान र प्रयोगतर्फ मानव जिवन अंघी बढ्न थाल्यो। प्राचीन कालमा यातायातको रुपमा मानवका दुइ खुट्टा नैं थिए। बिस्तारै फेरि उनिहरुले घोडा ऊँट, हात्तिलगायतका प्राणीहरुको साहारा लिन थाले। त्यो अवस्था पनि परिवर्तन गर्दै अब अतिआधुनिक जमानामा मानव प्रवेश गरेसंगै अत्याधुनिक साधनहरुको आविष्कार र प्रयोग मान्छेले गर्दै आएको छ। पहिले मनुष्य जंगलका कन्दमूल र फल तथा आखेटबाट आफ्नो निर्वाह गर्ने गर्थ्यो भने त्यस पछि उसले पशु-पालन र कृषिका आविष्कार द्वारा आफ्ना जीविकाका साधनहरूमा उन्नति गर्यो। पहिले त्यो आफ्नो सबै कार्यहरू आफ्नै शारीरिक शक्तिबाट गर्ने गर्दथ्यो। पछि उसले पशुहरूलाई बन्धक बनाई उनिहरुको शक्तिलाई प्रयोग गर्न सिक्यो। अन्तमा उसले हावा पानी, वाष्प, बिजुली र अणुको भौतिक शक्तिहरूको अन्वेषण तथा उत्पादन गरेर यस्ता सामाग्रीहरुको आविष्कार गर्यो जसबाट मान्छेको भौतिक जीवनमा नै कायापलट भयो। मान्छेको यसप्रकारको प्रगतिलाई नै आधुनिक सभ्यता भनिन्छ।

संस्कृति

मान्छे केवल भौतिक परिस्थितिहरूमा सुधार गरेर मात्र सन्तुष्ट हुन सकेन। शरीरको लागी भोजन र भोजनपश्चात मन र आत्माको तृप्तिको लागि मनुष्यले आफ्नो जुन विकास र उन्नति गर्यो, उसलाई संस्कृति भनिंदै आईएको छ।। मनुष्यको जिज्ञासाको परिणाम धर्म र दर्शन भयो भने सौन्दर्यको खोज गर्दै संगीत, साहित्य, मूर्ति, चित्र र वास्तु आदि अनेक कलाहरूको मान्छेले सृजना गर्न थाल्यो। सुखपूर्वक रहनको लागि सामाजिक र राजनैतिक संघटनहरूको निर्माण गर्न थाल्यो। यस प्रकार मानसिक क्षेत्रमा उन्नतिको सूचक उसको प्रत्येक सम्यक् कृति संस्कृतिको अंग बन्दछ। यिनीहरूमा प्रधान रूपबाट धर्म, दर्शन, सबै ज्ञान-विज्ञान र कलाहरू, सामाजिक तथा राजनैतिक संस्थाहरू र प्रथाहरूको समावेश हुन्छ।
कुनैपनि देशको संस्कृतिले उक्त देशको सम्पूर्ण मानसिक अवस्थितिलाई सूचित गर्दछ। यो कुनै खास व्यक्तिको पुरुषार्थको मात्र योगदान हुंदैन,अपितु असंख्य ज्ञात-अज्ञात व्यक्तिहरूका येथेष्ठ प्रयत्नको परिणामले नै उक्त देशको संस्कृती र रिवाज स्थापित हुन गएको हुन्छ। सबै व्यक्तिले आफ्नो सामर्थ्य र योग्यता अनुसार संस्कृति निर्माणमा सहयोग गरिराखेका हुन्छन। यहाँनेर संस्कृतिको कुरा गर्दा आस्ट्रेलियन महाद्विपका निकट समुद्रमा पाईने मूँगाहरूको भीमकाय चट्टानहरूसित गर्न सकिन्छ। मूँगाका असंख्य किराहरु आफ्ना स-साना घरहरु बनाएरै समाप्त भएका थिए। पछि फेरि सोहि स्थानमा नयाँ कीराहरुले घर बनाउन शुरु गरे, तथापी पछि उनिहरुको पनि अन्त भयो। यसपछि उनिहरुको तेस्रो पिँढीले पनि यहिं क्रमलाई जारी राखे। उनिहरुको यस्तो क्रम हजार वर्षसम्म निरन्तर चल्दै रहयो। कालान्तरमा ती सबै मूगहरूका स-साना घरहरू परस्पर जोडिएर विशाल चट्टानहरूको रूप धारण गरेको छ। संस्कृतिको पनि यसै प्रकारले विस्तारै विस्तारै निर्माण हुन जान्छ। मानव संस्कृतिको निर्माणमा पनि हजारौं वर्ष लागेको छ। मनुष्य विभिन्न स्थानहरूमा रहनेक्रमसंगै भएका विशेष प्रकारका सामाजिक, वातावरणिय, संस्थागत संरचना, व्यवस्थाहरू, धर्म, दर्शन, लिपि, भाषा तथा कलाहरूको विकास गरेर नै आफ्नो विशिष्ट संस्कृतिको निर्माण गर्ने गरेका छन। विश्वमा संस्कृतिको रचना र बिकास पनि यसै प्रकार भएको पाईन्छ।

 

photo

NOC1-250x300