माओवादी केन्द्र प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई

१९ साउन, काठमाडौं – नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्माले पाएकी छन् । संसदीय वोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । यसअघि शर्माले सचेतकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नुअघि शर्मा सचेतक थिइन् । सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएकी शर्मालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि पठाउनुपर्ने दबाव पार्टीभित्र थियो ।

बिहीबारको बोर्ड बैठकले संघियता कार्यान्वयन सम्बन्धी व्यवस्थापिका संसदका विभिन्न समितिहरुमा रहेका विधेयकहरुलाई अझ परिमार्जन गर्दै छिटोभन्दा छिटो संसदबाट पारित गराउन पार्टी र संसदीय दलको तर्फबाट विशेष पहल गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्