माओवादी केन्द्रीय सदस्य एमालेमा प्रवेश

amale-prabesh

७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोखरेल पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बुटवलमा आयोजित एक कार्यक्रमका बीच पोखरेल एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले उपमहासचिव विष्णु पौडेलले पार्टी प्रवेश गराएका थिए ।

लामो समय माओवादीमा रहेर काम गरेका युवा नेता पोखरेलले माओवादीबाट देश र जनताको पक्षमा काम हुन्छ भन्ने विश्वास सकिएकाले एमालेमा प्रवेश गरेको बताए ।

प्रदेश नम्बर ५ विभाजनका पक्षमा उभिनु माओवादीको गम्भीर भूल रहेको भन्दै पोखरेलले प्रदेश ५ विभाजनका विरुद्ध एमालेको अडानले आफूलाई आकर्षित गरेको उल्लेख गरे ।

 

photo

NOC1-250x300