माओवादी केन्द्रले नै च्यातेको रहेछ भरतपुरको मतपत्र

chitwan-1१८ जेठ – भरतपुरमा घटेको घटनाा,विभिन्न तथ्य एवम विश्लेषणलाई आधार मानेर हेर्ने हो भने भरतपुरको घटना माओवादी केन्द्रले घटाएको प्रष्ट देखिन्छ । मतगणनाको अन्तिम समय पुग्न लाग्दा दुई चार मतपत्र च्यातिनु, मतगणना स्थल तुरुन्त शिल गरिनु,निर्वाचन प्रमुखले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु, माओवादी केन्द्रका कार्यकर्ता पक्रिनु , मतगणना रोकिने वितिक्कै बाट केन्द्रदेखि नै पुन मतगणना हुनुपर्छ भनेर कुर्लनु आदि यी सब घटनालाई नियालेर हेर्ने हो भने यो घटना सिधै नियोजीत घटना हो भनेर बुझ्न सकिन्छ । त्यसमा पनि घटनालाई तथ्यगत केलाएर हेर्ने हो भने घटना माओवादी केन्द्रले नै घटाएको हो भन्नेमा कसैले शंका नमाने पनि हुन्छ ।

निकै नै चर्चामा आएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार रातिदेखि रोकिएको छ । यसै क्रममा मतपत्र च्यात्दा च्यात्दै प्रहरीले दुई माओवादी कार्यकर्तालाई रंगेहात पक्राउ गरेको छ । अहिले मतगणास्थल सिल गरिएको छ । निर्वाचन आयोग लगायत विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना ताल्चा लगाएका छन् ।

शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले किन रणभूमि बनाए त ? आखिर कसरी भयो यो सब घटना । घटनामा कांग्रेस –माओवादीले एमालेलाई दोष दिइरहेको भएतापनि तथ्य प्रमाण हेर्दा दोषी माओवादी नै देखिएको छ । निर्वाचनमा खटिएका प्रतिनिधि एवं विश्लेषकहरुले पनि प्रधानमन्त्री पूत्री रेणु दाहाल हार्ने निश्चित भएपछि यो सब घटाएको भन्ने टिका टिप्पणी गर्दै आएका छन् । यद्यपि निर्वाचन आयोग र छानबीन समितिको प्रतिवेदन आज दिउसो सम्म सार्वजनिक हुने भनिएको छ ।

यसै सन्दर्भमा निर्वाचन बुथभित्रै बसेर सुक्ष्म तरिकाले नियालेका प्रतिनिधिहरुले यस्तो तथ्य सार्वजनिक गरेका छन्
भरतपुर महानगरपालिकाको वडा नः २१ बाट एमालेका देवी ज्ञवालीको लिड ७८४ रहेको थियो । यो लिड महानगरको वडा नः १९ मा गणना गर्दा ३ सयदेखि ४ सय सम्म झर्ने अनुमान थियो कांग्रेस र माओवादीको । तर १९ को मतगणना गर्दा उनीहरुले सोचेजस्तो परिणाम आएन । त्यहाँ मत गणना गर्दा एमालेका देवी ज्ञवाली त्यति धेरै माइनस भएनन् । वडा नः १९ को पहिलो ६०० मा २०, दोस्रो ६०० मा ९ र तेस्रो ६०० मा २२ मत गरी कुल १८०० को गणनामा ५१ मत माइनस भए देवी ज्ञवाली । यो रेर्कड निर्वाचन आयोगसँग अहिले पनि सुरक्षित रहेको प्रतिनिधिहरु बताउदछन् ।। त्यसपछिको ६ सय गणनासम्म कुल ८० मत माइनस भएको गणकहरुले बताएका छन् । बाँकी गणना गर्न मत जम्मा ४६७ मत थियो । यो सबै गर्दा म्याक्सिमम् १२० भन्दा बढि देवीको खाताबाट मत घट्ने देखिएन । यसो हुँदा अन्तिम वडा नः २० मा जाँदा देवीको अग्रता ६६४ भन्दा बढि नै कायम हुने देखियो । जुन कांग्रेस र माओवादी केन्द्रका लागि अप्रत्यासित थियो ।कांग्रेसले माओवादीलाई वडा नः १९ बाट ५ सयदेखि ६ सयसम्म माइनस हुने आश्वासन दिएर डाढस दिएका थिए ।तर माओवादी केन्द्र आश्वस्त हुन सकिरहेको थिएन् ।
वडा नः २० मा ३३०२ मत खसेको छ । यहाँ ३ वटा बुथ थिए ,दद्रेनी, सिमलटाँडी र भिमोदय बुथ । ३ मध्ये दद्रेनी र सिमलटाँडी बुथमा एमाले अघि थियो भने भिमोदयमा कांग्रेस । ३ वटा बुथमा गरेर एमालेको कम्तीमा ११ सय मत आउथ्यो । लिड थियो ६६४ यो सबै जोड्दा १७ सय भन्दा माथि हुनथ्यो । जुन मत गठवन्धनको पराजयका लागि प्रयाप्त थियो । कांग्रेसले जुन जुन वडामा जतिजति फरकमा एमालेलाई हराइन्छ भनेको थियो त्यो अनुमान एउटा पनि वडामा मिलेको थिएन । वडा नः २० भन्दा धेरै मत खसेका वडा नः १५, १७, १८ र २१ मा समेत एमालेले बढिमा ३६१ भन्दा बढि मत तिरेको छैन् । जहाँ ३६ सयको हाराहारीमा मत खसेको थियो । वडा नः १७ मा २८७, १५ मा २३७ मत तिरेको छ । जहाँ कांग्रेसले ५ सयभन्दा बढि मत तिर्नुपर्ने अनुमान गरेका थिए ।

यसैले हतास मनस्थितिमा माओवादी केन्द्रले आफ्ना मानिसहरु लगाई सुनियोजीत रुपमा मतपत्र च्यात्न लगाई पुन निर्वाचन गर्नु पर्ने अडान लिएको एमाले कार्यकर्ताहरु बताउदछन् । यहानिर शंका गर्ने प्रशस्त स्थान छन् । माके गठवन्धनले हार्ने संघारमा पुगेको भनिएको एमाले मतगणनाका लागि तयार हुँदा जित्ने भनिएको गठवन्धन मतगणनाबाट किन पछि हट्यो ?

माथिका यी सबै तथ्य र घटनालाई नियालेर हेर्ने हो भने घटना माओवादी केन्द्र र माके गठवन्धनले घटाएको देखिन्छ तसर्थ पुन मतदान भन्दा पनि मतगणना सुचारु गर्नु नै उपयुक्त देखिन्छ ।

 

 

photo

NOC1-250x300