१६ असार, काठमाडौं । अछामको रामारोशनमा माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा भएको छ । घटनामा ३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।
रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा वडा अध्यक्षसहित पूरै प्यानल जितेपछि माओवादीले विजय जुलुस निकालेको थियो । जुलसका क्रममा ढुंगामुढा भएको छ । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको माओवादीले अाराेप लगाएको छ ।
घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते दुवैको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ६ जनालार्इ नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी