माओवादीकै स्वतन्त्र उम्मेदवारी बाम गठबन्धनविरुद्ध

१५ कात्तिक, काठमाडौं : प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता हुने अघिल्लो दिन माओवादी केन्द्र सुनसरीले माओवादी केन्द्र र एमाले विचको सहमति अनुसार सुनसरीमा सिट बाँडफाँड नभएको भन्दै माओवादी केन्द्रले स्वतन्त्र उमेद्वारी दिने चेतावनी दिएको छ ।

UCPN-Maoist-flagमाओवादी केन्द्र निर्वाचन परिचालन समितिले इटहरीमा पत्रकार सम्मेलन गरी ४ प्रतिनिधी सभा र ८ प्रदेशसभा रहको सुनसरीमा आफुहरुलाई प्रतिनिधी सभामा एक र प्रदेससभामा एक मात्र सिट वाँडवाड गर्ने निर्णय मान्य नभएको जनाएको हो ।

आफुहरुले सुनसरीमा प्रतिनिधि तथा प्रदेससभा गरी कुल ५ सिट मागेकोमा २ मात्र दिने निर्णय दुवै पाटीले नसच्चाए प्रतिनिधी सभाका चार वटै तथा प्रदेश सभाका ८ वटै स्थानमा स्वन्त्र उमेद्वार उठाउने माओवादी केन्द्रका स्थायी समिति सदस्य मुक्साहागं म्याम्वो मुकेसले पत्रकारहरुलाई जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा माओवादी केन्द्रका नेताहरुले निर्वाचन तालमेल देखि पाटी एकिकरण सम्मका लागि भएको ४० , ६०को वाँडफाड हुने ६ वुदे सम्झौता पालना नभएको भन्दै दुवै पाटीलाई ध्यानाकर्षण गराउने काम गरेको तर आफुहरुको ध्यानाकर्षणको सुनुवाई नभए स्वतन्त्र उमेद्वारी नदिने गरी उमेद्वारहरु तयार पारिसकेको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका पाचँ स्थायी समिति सदस्यहरु मुकेस, शारदा पोखरेल, हिमाल सुवेदी ,रामकुमारी चौधरी ,पप्पु मण्डलका साथै आधा दर्जन केन्द्रीय सदस्यहरु समेतको उपस्थीती रहेको थियो ।

 

photo

NOC1-250x300