१९ भदौ, महोत्तरी । महोत्तरीको सदरमुकामस्थित जिल्ला अस्पतालमा औषधिको अभाव देखिएको छ । सदरमुकामस्थित जिल्ला अस्पतालमा जलेश्वरमा ओपिडीमा अतिआवश्यक औषधिको अभाव देखिएको हाे । पारा सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोपः लोक्सासिन लगायतका ज्वरो, पखालाका अति आवश्यक औषधि तथा एन्टी बायोटिकजस्ता औषधि जिल्ला अस्पताल जलेश्वरको ओपिडी शाखामा अभाव देखिएको हो ।
जिल्ला स्वास्थ्य प्रमुख मनिष पाण्डेयले अन्य ठाउँभन्दा जलेश्वर अस्पतालमा औषधि पर्याप्त रहे पनि अतिआवश्यक औषधि नपुग रहेकाले औषधिको व्यवस्थापनमा आफू लागेको र सक्दो चाँडै जलेश्वर अस्पताल तथा अन्य स्वास्थ्यचौकीमा औषधिको पूर्ति गरिसक्ने वताए ।
सेवाग्राहीले महिनौँदेखि औषधि अभाव रहेको बताउँदै अस्पताल र जनस्वास्थ्य प्रमुखलाई बिरामी र अस्पतालबारे कुनै चासो नराखेको गुनासो गरेका छन् । जिल्ला अस्पतालमा निःशुल्क ७० प्रकारका औषधि पाइने जनाइए पनि हाल जम्मा १५ देखि २० प्रकारका औषधि मात्र पाइने गरिएको छ जसमध्ये पनि अस्पतालमा पाइने ती औषधि खासै प्रभावकारी नरहेको उनीहरुको गुनासो छ । हाल अस्पतालमा उपचारका लागि आउनेहरु रित्तै हात फर्कन बाध्य भएका छन् ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव