मन्त्री बस्नेतको एमालेलाई चेतावनी : प्रतिपक्षी हुँ भन्दैमा मनपरी बोलेर राजनीति नगर्नु

११ भदौ, दाङ – सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देश बीचको सम्वन्ध थप प्रगाढ बनाउन भूमिका खेलेको बताएका छन् ।

दाङमा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवाको भ्रमणका सवालमा भिन्न ढंग कुरा उठाउनु गलत भएको बताए ।

प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको मन्त्री बस्नेतले बताए । प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न उनले प्रतिपक्षी एमालेलाई आग्रह गरे ।

त्यस्तै उनले सरकार अल्पमतमा छ वा यस्को विकल्प शुरु भइसकेको छ भन्नु गलत हुने बताए । ‘आक्कल झुक्कल र आंशिक रुपमा कुरा चल्नुको अर्थ छैन ।’ मन्त्री बस्नेतले भने, ‘यो सरकार परिवर्तनको जमिन बनेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको