मन्त्री : प्रधानमन्त्री नैतिकता पतन भएका राजावादी हुन्

काठमाडौं, १ कात्तिक : ६४ सदस्यीय मन्त्रीमण्डलका एकजना विना विभागीय मन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा राजावादी भएको जिकीर गरेका छन् ।

आपूर्ति मन्त्रीबाट जिम्मेबारी खोसिएका माओवादी तर्फका मन्त्री शिवकुमार मण्डलले भने,‘प्रधानमन्त्री देउवा भगवान होइनन्, यी राजावादी नै हुन् । यीनको चरित्र अहिलेसम्म सुध्रिन सकेको रहेनछ ।’

सरकारमा देउवालाई सहयोग गरेर माओवादीले एउटा गल्ती गरेको आरोप लगाएका मण्डलले एउटा रेडियो संवादका क्रममा भने,‘अलिकति सुध्रिएकी भन्ने थियो तर अलिकति पनि सुध्रिएका रहेनछन् ।’

राजालाई सत्ता बुझाउे देउवाको नैतिकता नभएको जिकीर गरेका मण्डलले भने,‘यस्ता नैतिक पतन मानिसलाई माओवादीले सुध्रिएको परिक्षण गर्नु गलत थियो ।’ देशलाई दुर्घटनामा धकेल्ने प्रयासमा देउवा सक्रिय रहेको भन्दै मण्डलले निर्वाचन सार्नका लागि अनेक प्रपञ्च गरिरहेको बताए ।

 

photo

NOC1-250x300