people Nepal » मन्त्री : ‘चोरी गर्नु मेरो जन्मसिद्ध अधिकार हो’ मन्त्री : ‘चोरी गर्नु मेरो जन्मसिद्ध अधिकार हो’ – people Nepal

मन्त्री : ‘चोरी गर्नु मेरो जन्मसिद्ध अधिकार हो’

मन्त्रीले_भनिन्_‘चोरी_गर्नु_मेरो_जन्मसिद्ध_अधिकार_हो’2749

९ असार , युपी। भारतको उत्तर प्रदेशमा योगी सरकारकी महिला विकास राज्यमन्त्रीले आफू चोर भएको सार्वजनिक समारोहमै स्वीकार गरेकी छिन् । उनले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भनिन् ‘हो म चोर हुँ । यो मेरो जन्मसिद्ध अधिकार हो ।’ उनले आफ्नो पतिको खल्तीबाट आफूले अहिले पनि पैसा चोर्ने गरेको बताउँदै भनिन् ‘मौका पाए हरेक महिलाले यस्तो गर्नुपर्छ ।’

हमिरपुर जिल्लामा ‘सबका साथ सबका विकास’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘महिलाहरु बचत गर्छन् । पतिको चोरेको पैसा समस्या पर्दा काम लाग्छ । महिलाहरुको कारण नै बिजेपी सत्तामा आएको हो ।’