मन्त्रिपरिषद बैठक सम्पन्न, बजेट अधिवेशनमा वैशाख २६ गते बोलाउने निर्णय

मन्त्रिपरिषदको बैठक सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

बैठकले वैशाख २६ गते संसदको बजेट अधिवेश आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन् भने जेठ १५ गते बजेट तथा त्यसअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्ने अवस्था छ । यी कामहरुका लागि बजेट अधिवेशन सुरु हुनुपर्छ ।

सरकारले सामाजिक दूरी कायम गरेर संसद चलाउने तयारी गरेको छ ।

 

photo

NOC1-250x300