वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा तिजकाे अवसरमा कार्यक्रम गरिएकाे छ । हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसरमा बिशेष कार्यक्रम अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा मनाइएको छ ।
अमेरिका-नेपाल सहयोगी समाजको एक परियोजना ‘अमेरिका-नेपाल शिक्षा सदन’, डिसी नेपाली समाज लगायत डिसी वरपरका संघ संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको तीज बिशेष कार्यक्रममा अनुमान गरेभन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो । स्वयंसेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई भोजन गराइएको थियो । कार्यक्रममा उपस्थित भएकाहरु नाचगान र भोजनमा व्यस्त रहँदा कतिपयले बस्ने स्थानसम्म पाएका थिएनन् ।
डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको अमेरिका-नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छाडि परदेशमा रहेका दिदी बहिनीहरुलाई माइतीकै जस्तो वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ ।
बिगत बर्ष भन्दा यस पटकको तीजमा अमेरिकामा जन्मेका र यहीँ हुर्केका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए । महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न
३असोज,काठमाडौं। अब युरोपेली मुलुक रोमानियाबाट नेपाल पैसा पठाउंदा केही मिनेटमै पैसा आइपुग्ने भएको छ।पैसा पठाउंदा
३१भदौ,काठमाडौं। युवा नेता,समाजसेवी एवं व्यवसायी दुर्गा प्रसाईंले द्रव्य पिचासहरूको पासोमा परी रोजगारीको आसमा भिजिट भिसाहुँदै
२८ भदौ,काठमाडौं। वैदेशिक रोजगारिको लागि साउदी अरबको रियाद पुगेका ३५ जना नेपालिहरु बिगत तीन महिनादेखी