मध्यरातमा मतपत्र च्यातेपछि मतगणना स्थगति, कसले च्यात्यो मतपत्र ?

Renu-Dahal-and-Devi-Gyawali-1 (1)

भरतपुर, १५ जेठ । भरतपुर महानगरमा मतगणना स्थलमा एक्कासी मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको छ ।

मतपत्र कसले च्यात्यो विषयलाई लिएर अरोप प्रत्यारोप चलेको छ। माओवादी केन्द्रले हार्ने निश्चित भएपछि मतपत्र च्यातेको एमालेका उम्मेदवार देवी ज्ञवालीले बताएका छन् । उनका अनुसार माओवादी हार्ने निश्चित भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।

उता माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यातेको अरोप लगाएको छ । मतपत्र च्यातेपछि मतगणना स्थल तनावपुर्ण बनेको थियो । एमालेका अनुसार माओवादी चितवनको जिल्ला अध्यक्ष मधु न्यौपाने र माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले मतपत्र च्यातका हुन् । कांग्रेस र माओवादीका नेताहरुले भने एमाले प्रतिनिधिहरुले मतपत्र च्यातेको दावी गर्दै आएका छन् ।

मध्यरातमा एक्कासी तनावपुर्ण माहोल बनेपछि निर्वाचन अधिकृतले अनिश्चितकालका लागि मतगणना स्थगित भएको बताएका छन् ।

 

photo

NOC1-250x300