मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको यस्तो छ कसरत

जेठ १०, लहान – स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ ।

यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको खबर आजको नागरिकमा छ ।

पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ ।

एमालेले पनि मधेसवादी दलले छरेको भ्रम चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ ।

 

photo

NOC1-250x300