people Nepal » मतदान केन्द्र पुग्नै तीन दिन, स्थानीय भन्छन् – मत हाल्न जान्नौं मतदान केन्द्र पुग्नै तीन दिन, स्थानीय भन्छन् – मत हाल्न जान्नौं – people Nepal

मतदान केन्द्र पुग्नै तीन दिन, स्थानीय भन्छन् – मत हाल्न जान्नौं

१० वैशाख, काठमाडौं । बाजुरामा स्थानीय तह निर्वाचनको रन्को बढेको छ । गाउँ–गाउँमा कसलाई मत दिने छलफल जारी छ । तर, सदरमुकामबाट ८० कोष टाढाको हिमाली गाउँपालिका –३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दा–गर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन् ।

गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर वा बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्, मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरु मतदान नगर्ने निर्णयमा पुगेका हुन् ।

 

२६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरु रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेको राजधानी दैनिकले लेखेको छ ।