मतदानका लागि लाइनमा बसेका एकको मृत्यु

मकवानपुर – मकवानपुरको एक मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ ।

 लाइनमा बसेका मकवानपुर इन्द्रसरोबर गाउँपालिकाका बीरमान पाख्रिनको मृत्यु भएको हो । उनी इन्द्र सरोबर मतदान केन्द्रमा मतदानका लागि पुगेका थिए ।
पाख्रिन अचानक लाइनमा लडेपछि उपचारका लागि सिस्नेरी स्वास्थ्य चौकी पुर्याइपनि त्यहाँ पुग्ने बित्तिकै उनको मृत्यु भएको थियोे ।

 

 

photo

NOC1-250x300