विभिन्न सामाजिक सङ्घ–संस्थाको सहयोगमा समाजमा समान हैसियतका लागि महिलावर्गले सङ्घर्ष गर्दै आएका छन् भने पछिल्लो समय सानातिना विवादले पनि सम्बन्धविच्छेद हुने गरेको यसै क्षेत्रका काम गर्नेहरुको अनुभव छ ।
स्थानीय निकायमा मेलमिलाप केन्द्रको व्यवस्था भएपनि वैदेशिक रोजगार, विलासिताको लागि भइरहेको अस्वस्थ प्रतिस्पर्धालगायतले पनि सम्बन्धविच्छेदको कारण बन्ने गरेको भिमफेदी गाँउपालिका मेलमिलाप केन्द्रका अध्यक्ष गोपालप्रसाद पनेरुको भनाइ छ । उनले भने – “महिला हिंसामा परेका महिलाको हकमा मेलमिलाप गराउँदा पनि कतिपय घटना बारम्बार दोहोरिने गरेका कारण अहिले महिलाले सहनुभन्दा अलग बस्नु उचित ठान्न थालेका छन्। ”
उनले भने “श्रीमान् विदेश गएका महिलाको हकमा सामाजिक बेथितिका कारण सम्बन्धविच्छेदका लागि आउनेको सङ्ख्या पनि बढेको छ ।”
चालु आर्थिक वर्षको आठ महिनामा सम्बन्धविच्छेदको लागि मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो । साउनदेखि हालसम्म दुई सय ११ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको उक्त अदालतले जनाएको छ ।
सम्बन्धविच्छेदका लागि परेका २११ वटा मुद्दामध्ये एक सय ६४ वटा मुद्दा फछ्र्यौट भइसकेको छ भने ४७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका श्रेस्तेदार अनन्तराज मरासिनिले जानकारी दिए ।
जसमध्ये ६३४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने पाँच सय ४८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको श्रेस्तेदार मरासिनीले बताए ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी