मकवानपुरको मनहरीमा एमालेका एकराज उप्रेती विजयी

ekraj-upreti५ जेठ, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाल विजयी भएको छ । मनहरी गाउँपालिकाको अध्यक्षमा एमालेका एकराज उप्रेती ४६४० मत ल्याएर विजयी भए ।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शंकर न्यौपानेले ४३४९ मतले पाए । त्यसैगरी उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।

 

४६२१ मत ल्याएर एमालेकी मनिला बिष्ट विजयी भएकी हुन् । उनकी निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी कमला कार्कीले ४११७ मत प्राप्त गरिन् ।

 

photo

NOC1-250x300