भोलीदेखि संसदको अवरोध हट्ने, देउवा प्रधानमन्त्री पक्का

3-dal-sachetak-and-savamukh

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोली प्रधानमन्त्री मन्त्री हुने पक्का भएको छ । लगातारको संसद अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमत भएपछि देउवा भोली प्रधानमन्त्री हुने पक्का भएको हो ।

सभामुख ओनसरी घर्तीको सकृयतामा सिंहदरवारमा भएको प्रमुख तीन दलका शिर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलमा एमाले संसदको अवरोध खोल्न सहमत भएको हो ।

भोलीको बैठकमा नेताहरुले आफ्ना कुरा राखेपछि प्रधानमन्त्री निर्वाचनको प्रकृया शुरु हुनेछ । हिजो नै गर्ने भनिएको निर्वाचनमा एमाले सहमत नभएपछि एमालेकै आग्रहमा संसद बैठक भोलीसम्म स्थगित गर्ने सहमति भएको हो ।

भरतपुर घटनामा निर्वाचन आयोगले गरेको निर्णयको विरोधमा सर्वोच्च अदालतको फैसला कुर्नका लागि भन्दै एमालेले बैठक भोलीसम्म स्थगित गर्न आग्रह गरेको थियो । सर्वोच्चले आज भरतपुर घटना आगामी २८ गतेसम्म आयोगको निर्णय अघि नबढाउन अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

 

 

photo

NOC1-250x300