भैरवको रथ तान्ने क्रममा प्रहरीसहित पाँचजना घाइते

भक्तपुर, चैत २९ – भक्तपुरमा सोमबारदेखि सुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपालकासरोज शिल्पकार र कमल विनायकका सञ्जीव मधिकर्मी छन् ।

घाइतेमध्ये प्रहरी नायब निरीक्षक खत्रीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा राति ९ बजेदेखि भएको ढुङ्गा हानाहान भएको थियो । रासस

 

photo

NOC1-250x300