पुष ५, चितवन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भुमी सम्वन्धी ऐन पारित भई सवै प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छन् ।
शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले प्रयोग गर्दै आईरहेको जग्गाकै लालपुर्जा उनीहरुलाई वितरण गरिने बताइन् । तर वनको एउटा रुख समेत नकाटिने उनले वताईन् । केही तत्वहरु तल आएर सुकुम्वासीलाई उचाल्ने र सदनमा विरोध गर्दा समेत ऐन पारित भईरहेको भन्दै उनले वर्तमान सरकारलेनै सुकुम्वासीलाई लालपुर्जा दिने उद्घोष गरिन् ।
रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको गरेको प्रति प्रसंसा गर्दै मन्त्री अर्यालले यहाँ सुकुम्वासीको पूर्ण विवरण समेत उतारिसकेकाले यहीबाटै पुर्जा वितरण गर्ने संकेत गरिन् । ३ नम्वर प्रदेशका साँसद कृष्ण प्रसाद खनालले चितवन भुमीहिन, सुकुम्वासी र अव्यवस्थितहरुको वाहुल्यता रहेको क्षेत्र भएकाले यही जिल्लाबाट पुर्जा वितरणको काम सुरु गर्न मन्त्री अर्यालको ध्यानाकर्षण गराए ।
बाढी र सुकुम्वासीको नाममा राजनिति गरेको भन्दै अव पुर्जा वितरण नगरे जनताले माफी नदिने साँसद खनालको भनाई थियो । रत्ननगरका मेयर नारायण वनले लालपुर्जा सिरानीमा राखेर सुत्ने दिन कुरिरहेको वताए । रत्ननगरमा नगरपालिका र विभिन्न संघसंस्थाको सहयोगमा सुकुम्वासी,भुमिहिनहरुका लागि करिव ८० घर निर्माण गरिसकेको सो अवसरमा मन्त्री अर्याललाई जानकारी गराए ।
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका