भारतीय प्रहरीलाई भएन कारबाही : नेपाल प्रहरीकै स्कर्टिङमा नाका कटाइयो

जेठ २०, डोटी – डोटीबाट एक नेपालीलाई बन्धक बनाएर लैजाँदै गर्दा पक्राउ परेका भारतीय प्रहरीका डिएसपी सहितको टोलीलाई नेपाल प्रहरीले बिनाकारबाही छाडेको छ ।

डोटीका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिस्ट आफैं स्कर्टिङ गरेर सीमा नाका कटाउन रातारात लागि परेका हुन् । आजको कान्तिपुरमा यो खबर छ ।

केन्द्रको निर्देशन अनुसार पक्राउ परेका भारतीय प्रहरीलाई कञ्चनपुरस्थित महाकाली अञ्चल प्रहरी कार्यालयलाई जानकारी गराई सीमापारि भारत वनवासा थानाका इन्चार्ज राजेश पाण्डेलाई बुझाइएको हो ।

 

photo

NOC1-250x300