भारतीय क्रिकेटर सचिन तेन्दुलकर गायक पनि, गीत (भिडियो)

मुम्बई, चैत ३१- भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई अब गीत–संगीतमा पनि देख्न पाइने भएको छ । सचिनले नयाँ अवतारमा देखिनेक्रममा हालसालै एक गीत गाएका छन् । उनले चगायक सोनु निगमसँगै गीत गाएका हुन् । आफ्नो एप ‘१०० एमबी’ का लागि सचिनले ‘नाचो सारे क्रिकेट वाली बीट पे’ बोलको गीत गाएका हुन् ।

सचिनले गाएको पहिलो गीत रिलिज भएको २४ घण्टामै १० लाखभन्दा बढीले हेरेका छन् भने उक्त गीतले हालसम्ममा १५ लाखभन्दा बढी भ्यु भइसकेको छ । गीत रिलिज संगै ‘भाइरल’ भएको भारतीय सञ्चारमाध्यमहरूको दाबी रहेको छ ।

 

 

 

photo

NOC1-250x300