१४ भदाै रोल्पा । भारतकाे सिमलामा एक साताअघि हिम पहिरोमा ज्यान गुमाएका एकै परिवारका ६ नेपालीको सनाखत भएको छ ।
ज्यान जानेहरुमा रोल्पाको तालाबाङ–४ रिजाबाङका ४५ बर्षीय लक्षीराम पुनमगर, उनकी पत्नी ४२ वर्षीया देउकली पुन, ११ वर्षीय छोरा पर्शु पुन, ६ वर्षीय छोरा सुरज पुन, ७ वर्षीया छोरी सुनिता पुन र ४ वर्षीय छोरा कर्णबहादुर पुन रहेको पत्ता लागेको हो ।
उनीहरु १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लानजिकै रामपुर गाउँमा आलु खेती गरेर बस्दै आएका उनका छिमेकी बीरबहादुर घर्तीले जानकारी दिए । केहि दिनअघि भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फान आएपछि घटना थाहा भएको घर्तीले बताए ।
करिब १५÷१६ वर्षअघि बिहे गरेर परिवारै उतै बस्दै आएका घर्ती परिवारका सन्तानमा उनी एक्ला छोरा रहेको छिमेकी घर्तीले जानकारी दिए । उनका कान्छा बुवाका छोराहरु पनि दाङमा बस्दै आएको गाउँलेहरुले बताएका छन् । गरिबीका कारण रोल्पाका विभिन्न गाउँबाट मानिसहरु भारतको हिमाञ्चलमा आलु तथा स्याउँ बोक्न जाने गर्दछन् ।
लामो समय भारतको हिमाचलमा बसेर फर्केका इरिबाङका केबी थापाका अनुसार स्याउ बोक्न, तरकारी लगाउन र भारी बोक्न लगायतका काममा रोल्पाका हजारौं मानिस त्यहाँ जाने गर्दछन् ।
६ माघ,काठमाडौं । काठमाडौँको बबरमहलमा विहिबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७
३ माघ,काठमाडौ । नेत्र चिकित्सक डा.सन्दुक रूइतले १० लाख डलर सहित प्रतिष्ठित इसा अवार्ड प्राप्त
१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा
१४ पुस,काठमाडौं । सर्वजीत शर्मालाई महासचिव चयन गर्दै नवगठित क्रान्तिकारी कम्युनिस्ट लिग नेपालले ५१ सदस्य
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र धमाधम ससाना बालबालिका लागि मन्टेश्वरीहरु खुलेका छन् । व्यस्तताका कारण आफ्नो
४पुस, काभ्रे । प्राकृति तथा नदीजन्य पदार्थ उत्खनन सम्बन्धी ठेक्कामा चरम भ्रष्टाचार र अधिकारको दुरुपयोग