३ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि फर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
सरकारमा कांग्रेसको नेतृत्व गरेका निधि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा बिहीबार भारत गएका छन् । उनी सोमबार साँझ मात्र र्फकने कार्यक्रम छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार अहिलेसम्म मन्त्रीहरुको सूची बनिसकेको छैन ।
देउवाले रामचन्द्र पौडेलसँग वार्ता गर्ने जिम्मा निधिलाई नै दिएका थिए । र, उनले भारत जानुअघि पौडेलसँग भेटेर कुराकानी पनि गरेका थिए । तर, सहमति हुन सकेन ।
पौडेल समूहले पार्टीले पाउने मन्त्रालयमध्ये ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग गर्दै आएको छ । तर, देउवा भने ४ भन्दा बढी मन्त्रालय नदिने पक्षमा छैन ।
देउवा समूहमै पनि मन्त्रीको आशंका धेरै छन्, जसका कारण उनले नाम टुंगो लगाउन सकेको छैनन् ।
कांग्रेसका एक नेताले भने, łपार्टी सभापतिले नेताहरुसँग छलफल गर्नु हुन्छ र गृहमन्त्री निधि भारतबाट फर्किएपछि थप छलफल गरेर मन्त्रीहरुको टुंगो लगाउनुहुन्छ ।’
उनका अनुसार आगामी मंगलबार मात्र मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । यसअघि कांग्रेसले नेपाल विद्यार्थी संघको अधिवेशनलाई देखाउँदै आएको थियो ।
१२ दिन लगाएर नेविसंघको अधिवेशन बिहीबार सकिएको छ तर, मन्त्री छनौट अझै सहज छैन ।
काठमाडौँ, २८ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट पक्षको बैठक आज
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
काठमाडौं, साउन २५गते, पीपुल नेपाल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा
पीपुल नेपाल । श्रावण २४, काठमाडौं । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र