भरतपुर महानगरमा रेणु दाहालको मतान्तर १४ सयमा झर्‍यो

timthumb-69

११ जेठ , भरतपुर। भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर लगातार घटाइरहेकी छन्। १५ नम्बर वडाको मतगणना भैरहँदा दाहालले ज्ञवालीसँगको मत अन्तर १४ सय ४३ मा झारेकी छन्। 

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार ज्ञवालीले ३१ हजार ५ सय५९ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३० हजार १ सय १६ मत ल्याएकी छन्। त्यस्तै उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहले ३२ हजार ७ सय ४ र एमाले उम्मेदवार दिव्या आचार्यले २८ हजार १ सय २६ मत ल्याएका छन् ।

 

photo

NOC1-250x300