भरतपुर महानगरमा देवी पछ्याउँदै रेणु

Renu-Dahal-and-Devi-Gyawali

काठमाडौं, १२ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवालीले सुरुदेखिको अग्रता कायमै राखेका छन् ।

भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार एमालेका ज्ञवालीले ३३ हजार १ सय ६४मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३१ हजार ७ सय ६५ मत ल्याएकी छन् ।

सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानरमा एमालेका उम्मेदवार शाक्यले सुरुवाती दिनहरुमा रेणुसँग  निकै फराकिलो मतले अग्रता लिएपनि अहिले भने त्यसो हुन् सकेको छैन् । काँग्रेस-माओवादी गठबन्धनकी दाहालले भन्दा शाक्यले जम्मा  १ हजार ३ सय ९९ मतले अग्रता लिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले पनि ५ हजार २९ मत ल्याएका छन् ।

उपमेयरमा भने काँग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन् । शाहले ३५ हजार २ सय ८० मत ल्याएकी छन् भने एमालेका दिव्य आचार्यले २९ हजार ९ सय ६२ मत ल्याएकी छन् ।

 

photo

NOC1-250x300