भरतपुर महानगरपालिका घेराउ

६ साउन, काठमाडौं । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले भरतपुर महानगरपालिका कार्यालय विहिबारदेखि घेराउ गरेका छन् ।नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले विहिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको तरकारी बजारको सञ्चालन एकल ठेकेदारलाई दिने महानगरपालिकाको निर्णयविरुद्ध घेराउ गरेको बताए ।साना बजार पूर्वाधार आयोजनाले उक्त तरकारी बजारको निर्माण गरेको थियो । दैनिक फलफूल र तरकारी गरी रु चार करोड ५० लाख कारोबार हुने बिक्री केन्द्रलाई महानगरपालिकाले मासिक रु १२ लाख ५० हजारमा ठेकेदारलाई दिने निर्णय गरेको छ ।Bharatpur-mahanagarpalika

हाल व्यापारीले महानगरपालिकालाई बिक्री कक्ष प्रयोग गरेबापत मासिक रु आठ लाख ५० हजार बुझाउने गर्छन् । यही साउन ८ गते महानगरपालिकाले ठेकदारसंग गर्न लागेको सम्झौताविरुद्ध लागेका तरकारी व्यापारीले २०५० सालदेखि सो स्थानमा तरकारी तथा फलफूलको कारोबार गर्दै आएका छन् ।महानगरपालिकाको स्वामित्वमा रहेको सात रोपनी जमिनमा बिक्री कक्ष निर्माण गरी सुरु भएको बजारमा अहिले तीन सय व्यवसायी कार्यरत छन् । अहिले महानगरपालिकाको ५७ र निजी क्षेत्रको १०० बिक्री कक्षमार्फत चितवन सहित १६ जिल्लाका फलफूल र तरकारीको मागलाई बजारले पूरा गर्दै आएको छ ।

महानगरपालिकाले स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली २०५६ र स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ अनुसार बोलपत्र आह्वान गरी तरकारी बजार ठेकेदारलाई दिने निर्णय गरेको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ