भक्तपुरमा रोचक नतिजा

KTM-1280x640 (1)३ जेठ, काठमाडौं । देशभरमा कांग्रेस, एमाले हावी भइरहँदा भक्तपुरमा जारी मतगणनामा रोचक नतिजा आइरकेको छ । सूर्यविनायक नगरपालिकामा यस्तो रोचक नतिजा आएको हो । पछिल्लो मत अनुसार नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापतिले सात हजार पाँच सय २९ मत ल्याएका छन् ।

तर, उनलाई कांग्रेस, एमाले, माओवादी कसैले पनि टक्कर दिन सकेका छैनन् । कांग्रेकका राम कासुलाले तीन हजार एक सय ८१, एमालेका विष्णु सुवालले एक हजार तीन सय ७२ र र माओवादी केन्द्रका सत्यलाल मूलले आठ सय ६२ मत ल्याएका छन् ।

यी पार्टीको मत जोड्दा पाँच हजार चार सय १५ हुन्छ । तीन दलले ल्याएको कूल पाँच हजार चार सय १५ भन्दा पनि प्रजापति एक्लैले ल्याएको मत दुई हजार एक सय १४ ले बढी छ ।

 

 

photo

NOC1-250x300