साउन १३, भक्तपुर । साउन १२ गते दिनको ३:१५ बजे भक्तपुरको कौशलटार चोकबाट गठाघर जाने साइड रोडमा सडकको बीचमा यो फोटोमा देखिएको गाडी रोकेर गाडीका चालक ( रातो क्यापवाला) ओलीन्छ्न । उनको गाडी मालिक पनि ओर्लेपछि गाडी त्यही छोडेर गल्ली तर्फ जान्छन् । करिब २० मिनेट पछि आउँदा उनको गाडीमा ट्राफिकले चक्कामा लक गरि सकेको थियो । पछि उनिहरुले गाडीमा सामान रखेपछी नजिकै भएको ट्राफिकलाई बोलाएर रु एकहजारको जरिवानाको चिट काटे पछी ट्राफिकले सचेत गराई लक खोली दिएपछि गाडी लिएर गएका छन ।