बुटवल उपमहानगरपालिका वडा नं १ को भैरव टोलमा बहुउद्देश्यीय आधुनिक कभर्ड हल निर्माण हुने भएको छ । यो कभर्ड हलमा विभिन्न तीन वटा खेलहरू ब्याडमिन्टन, टेबलटेनिस र तेक्वान्दोका राष्ट्रिय प्रतिस्पर्धा र प्रशिक्ष्णसमेत सञ्चालन गर्न मिल्ने छ ।
बहुउद्देश्यीय कभर्ड हलको शनिवार बिहान एक समारोहका बीच उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् । त्यसक्रममा प्रमुख सुवेदीले नगरको समग्र विकासका लागि खेलकुदको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । उनले खेलकुदलाई पनि समृद्धिको एउटा माध्यमका रूपमा लिइने भन्दै समग्र खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिने बताए ।
चालु आवमा ४८ लाख रुपैयाँ बराबरको लागतमा कभर्ड हलको तल्लो तलाको संरचना निर्माण हुने छ । यो बजेटका अतिरिक्त केही जनसहभागिताको समेत लागत पर्ने छ ।
पूरै निर्माण सक्नका लागि करीब तीन करोड रुपैयाँ र एक वर्षको अवधिको अनुमान गरिएको अध्यक्ष लिगलले जानकारी दिए । त्यहाँको करीब दुई कट्ठा जग्गामा यो कभर्ड हल बन्ने छ तत्कालका लागि तल्लो तलाको संरचना निर्माण गर्नेगरी काम शुरू भएको छ ।
शिलान्यास समारोहमा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, जितगढी तेक्वान्दो विकास समितिका कार्यवाहक अध्यक्ष प्रविन उदय, टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्षलगायत स्थानीयको सहभागिता थियो ।
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा
काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको