१३ असार , एजेन्सी । बलिउड नायिका श्रद्धा कपूर बिवाह अघिनै आमा बन्दै छिन् भन्दा तपाईलाई पत्यार नलाग्ला । उनी आफ्नो जीवनमा नभई फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिकामा देखिन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
चर्चित अन्डरवर्ल्ड डन दाउद इब्राहिमको वायोपिकमा बनेको फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिका देखिन लागेपछि श्रद्धाले यतिबेला मिडियामा राम्रो कभरेज पाइरहेकी छिन् ।
अपूर्व लखियाको निर्देशनमा तयार भएको उक्त फिल्ममा दाउद इब्राहिमको बहिनी हसिनाको भूमिकामा देखिन लागेकी श्रद्धाको फिल्म १८ अगस्तमा रिलिज हुने पक्का पक्की भएको छ ।