people Nepal » बिहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमाथि तोडफोड बिहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमाथि तोडफोड – people Nepal

बिहानै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमाथि तोडफोड

बिहानै_कलंकीमा_भारतीय_नम्बर_प्लेटको_गाडीमाथि_तोडफोड3952काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर गोलीकाण्डको विरोधमा आज आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा केही मात्रामा देखिएको छ।

बिहानै बन्दकर्ताले कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन्। यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन्।

 बन्दका कारण काठमाडौँका सडकमा सार्वजनिक सवारी साधन थोरै मात्रामा चलेका छन् भने निजी सवारीसाधनको आवातजावत सामान्य रहेको प्रहरीले जनाएको छ। बन्दमा हुन सक्ने अप्रिय घटना हुन नदिन बिहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कञ्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली लागेर एक नेपालीको ज्यान गएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको हो।