बिस्केट जात्रामा आठौंपटक वुद्धकृष्णले जिब्रो छेडे

२ वैशाख, काठमाडौं ।  मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष मनाइने प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि बुद्धकृष्णवाग श्रेष्ठले जिब्रो छेडेका छन् ।

गत वर्ष विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्रालाई निरन्तरता दिन ४८ वर्षीय वुद्धकृष्णले आठौं पटक जिब्रो छेडेका हुन् । बुद्धकृष्ण मध्यपुर कोरियन अस्पतालका एम्बुलेन्स चालक पदमा २० वर्षदेखि कार्यरत मजदुर हुन र कोरोनाको कहरमा सवैभन्दा पहिला कोरोना विमारीलाई विभिन्न ठाउँबाट अप्ठेरो नमानी उपचारको लागि ओसार्ने सामाजिक मनकारी व्यक्ति पनि हुन ।

 

photo

NOC1-250x300